मूर्तिको काममा भ्याईनभ्याई




९ माघ, दमक।
सरस्वती पूजा नजिकिएसँगै मूर्तिको मागसमेत बढेको छ । तर अघिल्ला बर्षको तुलनामा यस बर्ष मूर्तिहरुको माग कम भएको हो । बिद्युतीय मूर्तिहरुको प्रयोगका कारण हस्तनिर्मित मूर्तिहरुको माग घटेका हो । दमकमा मूर्ति व्यवसाय गरी बसेकी फुलकुमारी देबीले बिगतको तुलनामा मूर्तिहरुको माग घटेको बता्इन् । उनले बिगतमा १ सयवटा मूर्ति खपत हुने गरिएपनि यस बर्ष निर्मित ३५ वटा मूर्तिहरुको समेत बजार पाउन मुस्किल भएको गुनासो राखिन् ।
अहिले मूर्तिको मुल्य १ हजारदेखि ३ हजार रूपैयाँसम्म पर्ने मूर्ति व्यवसायीहरुले जनाएका छन् ।


Comments