आपसी विवादमा छुरा प्रहार, २ घाइते



५ माघ, दमक।
झापाको दमकमा आज बिहान छुरा प्रहारद्वारा दुई जना घाइते भएका छन्।
दमक ११ स्थित पुरानो सब्जीलाइनमा स्थानिय २० बर्षिय अनिश लिम्बु सहित ३ जनाको समुहले आपसी बिवादमा छुरा प्रहार गर्दा २ युवक घाइते भएका हुन्।


विहान साढे ९ बजेतिर भएको छुरा प्रहारबाट दमक ११ का १९ बर्षिय सुनिल राई र सोही दमक १२ का २० बर्षिय दिपक साह घाइते भएका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
घाइतेमध्ये राईको बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा र साहको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।
छुरा प्रहार गरी फरार समुहको खोजतलास भइरहेको प्रहरीको भनाई छ।




Comments