पाँचजना बृद्धबृद्धाहरु सम्मानित



६ माघ, दमक।
झापाको लखनपुर-१ स्थित लगनशील कृषि सहकारी संस्थाले पाँचजना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।
संस्थाको आज सम्पन्न सातौं स्थापना दिवसका अवसरमा उनीरुलाई सम्मान गरिएको हो । संस्थाका ८६ बर्ष माथिका पाँचजना ज्येष्ठ शेयर सदस्यहरुलाई दीर्घजीवनको कामना गर्दै सम्मान गरिएको अध्यक्ष डम्बर निरौलाले बताए।




यसरी सम्मानीत हुनेहरुमा लखनपुर-१ का १ सय १ बर्षिय रणबहादुर कार्की, ८८ बर्षिया निर्मला बुढाथोकी, ८७ बर्षिय पञ्चबहादुर राई, सावित्रा दर्जी र ८६ बर्षिय रुद्रप्रसाद ओझा छन्।
उनीहरुलाई जिल्ला सहकारी संघका उपाध्यक्ष बलराम गजुरेल, लखनपुर गाविसका पूर्व गाविस अध्यक्ष भोजकुमार घिमिरे लगायतले खादा ओढाएर सम्मान गरेका थिए।
संस्थाका अध्यक्ष डम्बर निरौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा सहभागी बक्ताहरुले सहकारीलाई गाउँ गाउँसम्म पुर्याउन खाँचो रहेको औंल्याएका थिए ।
सो अवसरमा संस्थाको पाँच बर्षको दुरदृष्टि योजना समेत सार्वजनिक गरिएको थियो ।

संस्थाद्वारा सम्मानीत भएपछि सामूहिक तस्वीर खिचाउँदै । फोटो – विष्णु सुब्बा




Comments