मकर नुहाउँदा बगेका अझै बेपत्ता




सन्देश सुब्बा इङ्वा
५ माघ, पाँचथर।
गएको विहीबार तमोर नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका पाँचथर भारपा-९ का २६ बर्षीय राजेश योक्पाङदेन अझै फेला परेका छैनन् । माघे सक्रान्ति पर्वको दिन मकर नुहाउन तमोर नदीमा साथीहरुसँग पुगेका उनी नदीमा पौडी खेल्ने क्रममा डुबेर पेपत्ता भएका हुन् । प्रत्यक्षदर्शी मलिशा याक्थुङवाकका अनुसार पौडिने क्रममा मुल्का नजिक पुगेका उनी त्यहिँबाट वेपत्ता भएका थिए ।
योक्पाङदेनको अवस्था हालसम्म पत्ता नलागेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।




Comments