५ महिनापछि शव आयो



१० माघ, दमक।
५ महिनाअघि साउदी अरवमा मृत्यु भएका झापा, लखनपुर-५ का मोहन जवेगुको शव आज घर ल्याइएको छ । कामको सिलसिलामा गत भदौ ५ गते मृत्यु भएका २७ बर्षिय जवेगुको शव ल्याई आज नै अन्त्येष्टी गरिएको छ। उनको कन्काई नदीमा किरात धर्म संस्कृति अनुसार अन्त्येष्टी गरिएको हो ।
काठमाण्डौको ब्रज ह्यूमन रिसोर्सेसबाट २०६९ पुसमा साउदी पुगेका जवेगु मुनर अल ओमान कम्पन्नीमा स्काफोल्डरमा काम गर्दै आएका थिए ।


पाँचथरको याङनाम-५ घर भएका उनी विदेश जानुअघि लखनपुर-५ को गेउरियाको आफन्तको एक घरमा बस्दै आएका थिए ।





Comments