नेपाल वित्तीय कर्मचारी संघमा राजवंशी



१० माघ, बिर्तामोड ।
नेपाल वित्तीय कर्मचारी संघ कृषि विकास वैंक लिमिटेडको अध्यक्षमा कमल राजवंशी चयन भएका छन् ।
संघको ९ औं जिल्ला अधिवेशनबाट राजवंशी अध्यक्षमा चयन भएका हुन् । नेपाल ट्रेड युनियन कांग्रेस झापाका सभापति योग्यप्रताप अधिकारीको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष छत्र राईको सभापतित्वमा आयोजित अधिवेशनको बन्द सत्रबाट उपाध्यक्षमा राजकुमार राई, सचिव शान्तिराम घिमिरे, कोषाध्यक्ष एलिजा सिटौला चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा निर्मला डंगोल, रोहित भट्टराई, नरेन्द्र न्यौपाने, अञ्जना दंगाल, शिवनारायण राजवंशी, रहेका छन् ।



त्यस्तै क्षेत्रीय प्रतिनिधितर्फ भवानी पाठक, श्याम काफ्ले, नन्दीकेशर अधिकारी, अनिषा दाहाल र तारा रिजाल चयन भएका छन् ।
यता केन्द्रीय प्रतिनिधिमा भने छत्र राई र शिवलाल अधिकारी चयन भएको नवनिर्वाचित अध्यक्ष राजवंशीले जानकारी दिए ।
यसअघि विर्तामोडस्थित नेपाल कृषि विकास बैंक लिमिटेडको कार्यालयमा भएको कार्यक्रममा स्वागत निर्मला डंगोलले गरेकी थिइन् । अवकाश प्राप्त भद्रपुर शाखा प्रमुख प्रकाश दाहाललाई सम्मान समेत गरिएको कार्यक्रममा बिर्तामोड शाखा प्रमुख पारशमणि ढकाल, संगठनका केन्द्रीय सदस्य तथा मेची, कोशी र सगरमाथा इञ्चार्ज डिल्ली कट्टेल, नेपाल वित्तीय संस्था संघ ग्रामीण विकास बैंकका अध्यक्ष जीवन श्रेष्ठलगायतले बोलेका थिए ।




Comments