संलिपाको दमक समिति समायोजन



४ माघ, दमक।
संघीय लिम्बुवान पार्टी, नेपालको दमक नगर समिति समायोजन गरिएको छ । आइतबार पार्टीका जिल्ला अध्यक्ष धनप्रसाद पन्धाकको अध्यक्षतामा बसेको बैठकले संलिपा नेपालको दमक नगर समायोजन गरिएको हो । उक्त समायोजनबाट दमक नगर समितिको इन्चार्जमा सुमन नेम्बाङ, दमक नगर अध्यक्षमा लिला थापा मगर, सह-अध्यक्षमा सन्तोष राई, उपाध्यक्षहरुमा तिलक बेघा, चन्द्र कन्दङ्वा, गणेश आङ्देम्बे र कोषाअध्यक्षमा सन्त चेम्जोङ, सचिबमा लोक प्रसाद पाङ्मी तथा सह-सचिबमा रुपक लिम्बु चयन भएका छ्न ।
सोही बैठकले हेम चेम्जोङ, रुपक दाहाल र सुमन नेम्बाङ्लाई केन्द्रीय सदस्यमा पदोन्नति गर्नुको लागि केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय गरिएको जनाइएको छ ।




Comments