अनौपचारिक शिक्षा कार्यक्रमको तयारी पूरा



१४ माघ, दमक।
झापामा अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालनका लागि सबै तयारी पूरा भएको छ । जिल्लाका ५३ हजार निरक्षरलाई साक्षर बनाउनका लागि अभियान सञ्चालन गर्न लागिएको हो।
त्यसका लागि २७ वटा सामुदायिक अध्ययन केन्द्रसहित ३९ वटा संस्थाले अभियान चलाउँदैछन् । सानो बाह्रघरे सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष लक्ष्मी निरौलाले अनौपचारिक शिक्षामार्फत साक्षर अभियानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।




दमकमा ३ वटा सामुदायिक अध्ययन केन्द्रले ७ हजार निरक्षरलाई साक्षर बनाउनेछन् । दमकको शान्ति सामुदायिक अध्ययन केन्द्र, ज्येष्ठ नागरिक सामुदायिक अध्ययन केन्द्र र सानो बाह्रघरे सामुदायिक अध्ययन केन्द्रमार्फत अभियान सन्चालन हुन लागेको छ । त्यसका लागि सहजकर्ता छनौटको काम अन्तिम चरणमा पुगेको ज्येष्ठ नागरिक सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जानकारी दिए।
दमकमा ३ सय ३ जना सहजकर्ताले सहजीकरण गर्नेछन् ।




Comments