शिविरमा चुनाव हुने, सचिवमा ६ जना भिड्ने

-->

डिकेश लामा
१२ माघ, बेलडाँगी।
भूटानी शरणार्थी शिविरमा आगामी माघ १८ र १९ गते निर्वाचन हुने भएको छ । माघ १८ गतेको प्रत्यक्ष निर्वाचन प्रणालीबाट यूनिट तहको निर्वाचन हुने छ भने यूनिटबाट छानिएका प्रतिनिधिमध्येबाट जिम्मेवार पदका लागि माघ १९ गते निर्वाचन हुने छ ।
हरेक २ बर्षमा शिविर संचालनका गर्न विभिन्न पदका लागि निर्वाचन हुनेगर्छ । निर्वाचनका लागि आज (सोमबार) निर्वाचन आयोगले चुनावी प्रतिष्पर्धीहरुको नामावली प्रकाशन गरेको शिविर सुपरिवेक्षण कार्यलयले जानकारी दिएको छ ।

-->

यस बर्ष १ जना शिविर सचिव पदका लागि ६ जनाले उम्मेदवारी दिने भएका छन् भने २ जना सहायक सचिव पदका लागि ८ जनाले उम्मेदवारी दिने भएका छन् । सचिव पदका लागि शुकबहादुर राई, सन्चहाङ्ग सुव्बा, कुमार थापा, राजेन्द्र कुमार गुरुङ्ग, रत्नबहादुर सुव्बा, तारा पुलामीले प्रतिष्पर्धा गर्ने भएका छन् । उनीहरुले चुनावमा प्रतिष्पर्धा गर्न माघ १८ गते हुने प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतको युनिट तहबाट विजय भएर आउनु पर्ने हुन्छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजय भएर आउने बेलडाँगी १, २ र ३ का प्रतिनिधिहरुबाट मुख्य शिविर संचालनका विभिन्न पदमा उम्मेदवारी दिइने छ । माघ १८ गते यूनिट तहको प्रत्यक्ष निर्वाचन २ सय ४८ जना प्रतिनिधिहरुका लागि हुनेछ भने माघ १९ गते विजयी उम्मेदवारीबाट अप्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत जिम्मेवार पदका लागि निर्वाचन हुनेछ ।
माघ १८ गते हुने प्रत्यक्ष निर्वाचनका लागि बेलडाँगी १, २ र ३ गरी १ सय जनाको हाराहारीमा निर्विरोध निर्वाचित भइसकेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ ।
-->

Comments