गाभुर फ्रन्टको दुई ठाउँमा गाउँ कमिटी गठन




२५ पौष, बालुबाडी।
यहाँ आयोजित एक भेलाबाट विनोद राजवंशीको अध्यक्षतामा कोचिला गाभुर फ्रन्ट बालुवाडी गाउँ कमिटी गठन भएको छ । कोचिला संघर्ष समितिका केन्द्रीय संयोजक त्रीनारायण राजवंशीको प्रमुख आतिथ्यतामा शुक्रवार भएको सम्पन्न कार्यक्रममा १४ सदस्यीय कमिटीको उपाध्यक्षमा अञ्जना राजवंशी र दिल बहादुर राजवंशी, सचिवमा जयसिंह राजवंशी, सह-सचिवमा अभिषेक राजवंशी, कोषाध्यक्षमा विक्रम राजवंशी, सदस्यमा कुसुम राजवंशीलगायत छन् । कार्यक्रमको विशेष अतिथिमा कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष भरत राजवंशी थिए ।


कोचिला गाभुर फ्रन्टका जिल्ला अध्यक्ष खगेन राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव गठित कमिटीमा ३ जनालाई सदस्य पदमा मनोनयन गरिएको छ ।
त्यसैगरी राजगढमा सन्तान्न राजवंशीको अध्यक्षतामा १३ सदस्यीय कोचिला गाभुर फ्रन्ट गाउँ कमिटी गठन भएको छ । कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष भरत राजवंशीको प्रमुख आतिध्यमा भएको कार्यक्रममा कमिटिको उपाध्यक्षमा शुक्र राजवंशी, सचिवमा विराज राजवंशी, सह-सचिवमा हृदय राजवंशी, कोषाध्यक्षमा नरवहादुर राजवंशी, सदस्यहरुमा विष्णु राजवंशी, धनसिंह राजवंशीलगायत छन् । गाभुर फ्रन्टका जिल्ला अध्यक्ष खगेन राजवंशीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कमिटीमा ४ जनालाई सदस्य पदमा मनोनयन गरिएको छ ।



Comments