प्रहरी हवल्दार मृत फेला



अनिल घिसिङ
२८ पौष, बेलबारी।
बेतना सिमसार नजिकै आज बिहान एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको लक्ष्मीमार्गस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सर्लाही स्थायी घर भएका सहायक सशस्त्र प्रहरी हवल्दार सुनिल श्रेष्ठ मृत भेटिएका हुन् ।
आन्दोलनरत ३० दलीय मोर्चाले मोरङको खोर्सानेदेखि सलकपुरसम्म हिजो साँझ आयोजना गरेको मसाल जुलुसका क्रममा उनी सादा पोशाकमा ड्युटीमा खटिएका थिए ।
ड्युटी सकेर क्याम्प फर्कने क्रममा बेतना सिमसारबाट दक्षिणतर्फ जाने पूर्व पश्चिम लोकमार्ग छेउमा पैनीको खाडलमा साइकलसहित खसेको अवस्थामा उनी फेला परेका हुन् ।




आज बिहानै मर्निङवाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक श्रेष्ठको टाउकोमा गम्भीर चोट देखिएको छ । उनका सहकर्मीका अनुसार मादक पदार्थ सेवन नगर्ने उनी मिलनसार मिजासका थिए ।

दुर्घटना वा के कारणले उनको मृत्यु भएको हो भन्ने खुलिनसकेको र उनको शव पोष्टमर्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तले बताए ।


Comments