विष्फोटको जिम्मेवारी परिषदले लियो




३ माघ, दमक।
तीन महिनाअघि मोरङ र ताप्लेजुङमा बम विष्फोट घटनाको किरात लिम्बुवान राष्ट्रिय परिषदले जिम्मेवारी लिएको छ । परिषदले आज एक प्रेस विज्ञप्ती निकालेर ती सवै घटनाको जिम्मेवारी लिँदै आफ्ना कार्यकर्ता तथा भूमिमाथि आक्रमण भए थप सशक्त घटना निम्त्याउने चेतावनी दिएको छ। गत कार्तिक १६ गते ताप्लेजुङको र सोही महिनाको १९ गते मोरङको पथरी र गत मंसीर २८ गते ताप्लेजुङको लिङखीममा आफ्नो संगठनले बम विष्फोटको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ।



पूर्वमा भूमिगत गतिविधी गर्दै आएको परिषदले किरात लिम्बुवानी भूमिमाथि सरकारले गर्दै आएको हस्तक्षेपकारी भूमिका विरुद्ध त्यस्तो घटना गराउनु परेको जनाएको छ । परिषदका केन्द्रीय अध्यक्ष चोलुङको हस्ताक्षर रहेको सो विज्ञप्तीमा आफ्ना निर्दोष कार्यकर्ताहरुलाई प्रशासनले अन्धाधुन्ध नियन्त्रणमा लिएर फसाएको भन्दै विना सर्त सवै कार्यकर्ताहरुको अविलम्ब रिहा गर्न पनि उल्लेख छ।




Comments