शिविरमा गुम्बा उद्घाटन




डिकेश लामा
१५ माघ, बेलडाँगी।
झापाको भूटानी शरणार्थी शिविर वेलडाँगी २ मा विहीबार एक औपचारिक कार्यक्रमबीच बौद्ध धर्म अनुसार पूजाआजा तथा गुम्बा उद्घाटन भएको छ ।
बौद्ध धर्म लामागुरुहरुको अगुवाईमा ड्रुक ज्याङ्छ्यूप छ्योलिङ्ग गोन्पाको उद्घाटन तथा पूजाआजा गरिएको हो ।
गुम्बा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि शिविर सुपरिवेक्षक यज्ञ निरौलाले धार्मिक सहिष्णुताका लागि भूटानी शरणार्थीहरुले निर्माण गरेको गुम्बाले शिविर र सो आसपास क्षेत्रका बौद्ध तथा अन्य धर्मावलम्वीहरुमा ठूलो सहयोग पुग्ने बताए ।



विभिन्न स्थानबाट आएका १५ जना लामा गुरुहरुले एकसाथ साङ्ग (पूजा) गरेर गोन्पाको स्थापना र उद्घाटन गरिएको गुम्बाका महासचिव कार्जे ड्र्क्पाले बताए । प्रमुख लामा तथा गोन्पाको अध्यक्ष जिग्मे ज्याम्छोको सभापतित्वमा भएको कार्यक्रममा छों धीँ भूटानका केन्द्रीय अध्यक्ष राजमान गुरुङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग वडा अध्यक्ष विरमान तामाङ्ग, पूर्व शिविर सचिव चिरन्जीवी राई, लामा गुरुहरुका अगुवा सोनाम थोकर र संचारकर्मी डिकेश लामाले मन्तव्य राखेका थिए ।
शरणार्थीहरुबाट चन्दा संकलन गरी गुम्बा निर्माण गरिएको निर्माण समितिले जानकारी दिएको छ । निर्माण कार्यमा सहयोग पुर्‍याउने ढेड दर्जन जतिलाई खादा ओढाई सम्मान गरिएको कार्यक्रमका संचालक केबी गुरुङ्गले जानकारी दिए ।



Comments