रेडक्रस लखनपुरको उपशाखा सभा सम्पन्न



९ माघ, लखनपुर।
नेपाल रेडक्रस सोसाइटी उपशाखा लखनपुरको दोश्रो उपशाखा सभा आज सम्पन्न भएको छ । उपशाखाको निर्माणाधीन भवन स्थलमा भएको सो उपशाखा सभामा सहभागी बक्ताहरुले रेडक्रस अभियान अझ गाउँ गाउँमा लैजान आवश्यक रहेको औंल्याएका थिए ।



रेडक्रसका झापा सभापति लोकराज ढकालले रेडक्रस अभियान मानवीय विषय भएकाले यसलाई व्यापक बनाउनु पर्नेमा जोड दिए। कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका सभापति ढकालले रेडक्रसको अभियान अहिले झापाका ग्रामीण क्षेत्रमा समेत आकर्षण भएको बताए । रेडक्रस उपशाखा सभापति चन्द्र शाहको अध्यक्षतामा भएको सो उपशाखा सभामा रेडक्रस दमक उपशाखा सभापति लीला गुरागाईं, रेडक्रस लखनपुरका सल्लाहकारहरु दिलीप राई, हुकुमसिंह राई, पूर्णानन्द शर्मा लगायतले बोलेका थिए।

कार्यक्रममा रेडक्रस उपशाखाको आय-व्यय तथा भावी कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । रेडक्रस उपशाखा सचिव पारषमणि राईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो उपशाखामा २ सय ९८ जना आजीवन सदस्य रहेका छन् ।


Comments