बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते



३ माघ, दमक।
झापाको भद्रपुरमा आज दिउँसो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दिउँसो २ बजेतबिर भएको सो दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।

विर्तामोडबाट भद्रपुरतर्फ जाँदैगरेको मे १ ख ४२३ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ गइरहेको को ४ प ४०८० नम्बरको मोटरसाईकललाई भद्रपुर ६ स्थित भानुचोकमा ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार बनियानी ६ का ४५ बर्षीय जय कट्टेलको ज्यान गएको हो।
मोटरसाइकल चालक बनियानी ६ कै अन्दाजी ५० बर्षिय रामसुगारत मण्डल (गोपाल) को देव्रे खुटा भाँचिनुका साथै ठाउकोमा गम्भीर चोट लागेको छ। एक स्थानीय पैदलयात्री भद्रपुर ६ बस्ने ७० बर्षिय सुमित्रा राय समेत घाइते भएकी छिन्।


रायको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। मण्डलको उपचार स्थानीय अस्पतालमा सम्भव नभएपछि अन्यत्र पठाइएको प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले बताए । पोदारका अनुसार बस चालक फरार रहेका छन् ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीव्र गति रहेको बसले आफ्नै साइडबाट गुडिरहेको मोटसाइकललाई ठक्कर दिनुका साथै ५० मिटरसम्म मोटरसाइकललाई घिसारेर लगेको थियो। बाटो नजिकै रहेको पर्खालमा बस ठोकिएपनि बसमा सवार यात्रुलाई कुनै क्षति भएन । दुर्घटनामा चालकको चरम लार्पवाही रहेको प्रत्यक्षदर्शीको भनाई छ।





Comments