फुड फेष्टिभल ३ दिन थप




१३ माघ, दमक।
झापाको दमकमा सञ्चालन हुन लागेको फुड फेष्टिभल ३ दिन थप हुने भएको छ । ब्यवसायी तथा दर्शकहरुको चाहनाअनुरुप माघ २३ गतेदेखि ७ दिनसम्म फेष्टिभल सञ्चालन गर्न लागिएको मेलाका संयोजक सुधीर प्रधानले जानकारी दिए।




झापाको आन्तरिक पर्यटन प्रबर्द्धन, होटल व्यवसायको प्रबर्द्धनका लागि फेष्टिभल गर्न लागिएको होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकका अध्यक्ष राजन दंगालले जानकारी दिए। मेलामा राष्ट्रिय कलाकारहरु इन्दिरा जोशी, ज्योति मगर, शिव परियार लगायतको प्रस्तुती रहने छ ।
मेलामा ५० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ ।




Comments