प्रेस चौतारीले पठायो सभासदलाई दाल चामल



२ माघ, विर्तामोड ।
प्रेस चौतारी झापाले संविधानसभाका सभासदहरुका लागि दाल चामलको जोहो गरी प्रमुख जिल्ला अधिकारीमार्फत आज संविधानसभामा पठाएको छ ।
प्रेस चौतारी नेपालको आव्हान बमोजिम देशभरिका जिल्ला प्रशासन कार्यालयमार्फत सभासदहरुका लागि चामल, दाल, नून, तेल आदि सामग्री पठाइएको हो ।
दिउँसो १२ बजे प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको कार्यकक्षमा खबरदारी सभा गरी ध्यानाकर्षण पत्र र खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।




सभामा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले माघ ८ मा नै संविधान जारी गर्ने सभासदहरुले नै संकल्प गरेकोले पूरा गराउन यस्तो दबाबका कार्यक्रम गर्नु परेको बताए ।
प्रेस चौतारी झापाका अध्यक्ष गोपाल काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका सभासदहरुलाई सम्बोधन गरी लेखिएको ध्यानाकर्षण पत्र र १-१ केजी नून, चामल, दाल र तेल प्रजिअलाई हस्तान्तरण गरिएको छ ।





Comments