दमक क्याम्पसमा सरस्वती मन्दिर स्थापना



११ माघ, दमक।
बसन्त पञ्चमीका अवसरमा आज झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा निर्माण भएको सरस्वतीको मन्दिर सहितको मूर्ति अनावरण गरिएको छ । क्याम्पसमा २०६६ देखि २०६९ साल सम्मका विविएसका विद्यार्थीहरुको सक्रियतामा एक लाख बढी रुपैयाँको लागतमा मन्दिर र मूर्ति निर्माण गरिएको हो । मन्दिरको एक कार्यक्रमका बीच दमक बहुमुखी क्याम्पसका सञ्चालक समितिका अध्यक्ष देवी प्रसाद दाहालले अनावरण गरेका हुन् ।




सो अवसरमा मन्दिर निर्माण समितिका संयोजक रोशन श्रेष्ठले मन्दिर निर्माणको हालसम्मको आयव्यय सार्वजनिक गरेका थिए। मन्दिर बनाउन क्याम्पसले ७० हजार, दमक उद्योग वाणिज्य संघले १५ हजार, केन्द्र प्रसाईंले ११ हजार र छवि भण्डारी, गोमा बुढाथोकी, रवि न्यौपाने, एवन इटा उद्योग, गोल्डेन गेट ट्यूशन सेन्टर, रोशन श्रेष्ठ लगायतका दाताहरुले नगद तथा जिन्सी सहयोग गरेको संयोजकको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा अध्यक्ष दाहाल, पूर्व अध्यक्षहरु सुरेश सुब्बा, इन्द्र बुढाथोकी, क्याम्पस प्रमुख सन्त भगत लगायतले बोलेका थिए। सो क्रममा विद्यार्थीहरुले नवनिर्मित मन्दिरमा सरस्वतीको पूजा समेत गरेका निर्माण समितिका सदस्य मनोज कार्कीले बताए।






Comments