२७ पौष, दमक।
झापाको तोपगाछीमा प्रहरी चौकी सञ्चालन शुरू भएको छ ।
स्थानीयबासी र शान्ति मन्त्रालयको लगानीमा निर्माण गरिएको प्रहरी चौकी शनिबार उद्धाटन गरिएको हो ।
तोपगाछी- ८ क्याम्पामा स्थापित चौकीको एक कार्यक्रमका बीच पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी नवराज सिलवालले उद्घाटन गरेका हुन् ।
रु ९८ लाख ८१ हजार १ सय १८ रुपैयाँको लागतमा अढाई तले पक्की भवन निर्माण गरी चौकी सञ्चालन गरिएको निर्माण समितिका सदस्य महेन्द्र अधिकारीले जानकारी दिए।
त्यस्तै स्थानियबासीहरुले ८ लाख रुपैयाँको लागतमा कम्पाउण्ड घेराबारा गरेका छन् । उनीहरूले प्रहरी चौकीको स्तर उन्नतिका लागि मागसमेत गरेका छन् ।
यस्तै हिजो नै झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको समेत डिआईजी सिलवालले उद्धाटन गरेका थिए ।

Comments
Post a Comment