पाठकलाई पितृ शोक




२९ पौष, सुरुङ्गा ।
एमाओवादी कनकाई नगरका नेता भक्ति पाठकलाई पितृ शोक परेको छ । उनका पिता विष्णुप्रसाद पाठकको ८६ वर्षको उमेरमा बुढ्यौलीका कारणले सोमबार राति ९ बजे निधन भएको हो ।
भक्ति पाठक माओवादी द्वन्दकालमा सुरुङ्गा गाउँ जनसरकार प्रमुख भानु मैनालीको नामले समेत परिचित थिए ।
मृतक पाठकको मंगलबार कनकाई नदीमा अन्त्येष्टी गरिएको छ । पाठकका ३ छोराहरु प्रेम, भक्ति र अग्नि तथा ३ छोरीहरु टीकामाया उप्रेती, भगिरथा प्रसाईं र अम्बिका घतानी रहेका छन् । पाठकका नातीहरुमध्ये राजु पाठक जिल्लास्तरीय भलिबल संघका कोषाध्यक्ष, ज्ञान ज्योति युवा क्लबका खेलकुद संयोजक तथा अन्य विभिन्न संघसंस्थाहरुमा आबद्ध छन् । अर्का नाती वासुदेव पाठक नेपाल प्रहरी निरीक्षक छन् भने तारा पाठक पनि विभिन्न संघसंस्थामा आबद्ध छन् ।


दिवंगत पाठक एक सामाजिक अगुवा तथा खेलप्रेमी व्यक्तित्वका रुपमा परिचित थिए । उनकै पहलमा २०२६ सालमा तत्कालिन सुरुङ्गा-७ तुलसीबारीमा न्यू रेलीमाई युवा क्लबको स्थापना भएको थियो ।


Comments