झापामा एसएलसीका लागि ५१ वटा केन्द्र





१२ माघ, दमक।
झापामा यस पटकको एसएसलसी परीक्षाका लागी ५१ वटा परीक्षा केन्द्र तय हुने भएको छ । जिल्ला शिक्षा कार्यालय झापाले यस पटकको एसएसलसी परीक्षाका लागी परीक्षाकेन्द्र तोकेर स्वीकृतिका लागि केन्द्रमा पठाएको जानकारी दिएको छ ।




कार्यालयले नियमित तर्फ १२ हजार ९ सय ८ बिद्यार्थीहरु सहभागी हुने जनाएको छ । त्यस्तै आंशिक तर्फ ३ हजार ६सय ३२ परिक्षार्थी सहभागी हुने छन् । बिद्यालय निरीक्षक सुरेन्द्र सुवेदीले ७० प्रतिशत हाजिरी नपुगेका र परीक्षामा नियमित सहभागी नभएका केही बिद्यार्थीहरु कम हुन सक्ने जानकारी दिए।
यस बर्षको एलएलसी परीक्षा चैत ५ गतेबाट शुरु हुँदैछ ।






Comments