इन्टरनेसनल मास्टर सिंह पराजीत




११ पौष, दमक।
भारतका इन्टरनेसनल मास्टर डि पि सिंह (२२२१) झापाको दमकमा जारी चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेश्रो चरणमा पराजीत भएका छन् ।
शुक्रवार भएको खेलमा सिंहलाई भारतकै राहुल गुरुङ (१९०१ ) ले ६८ औं चालमा खेल त्याग्न बाध्य बनाए । जीतसँगै तीन अंक जोडेका गुरुङसँगै भारतकै विपुल सुवासी (२१८४), सुधिर कुमार सिन्हा (२१४०), नेपालका क्याण्डिडेण्ट मास्टर्स रिजेन्द्र राजभण्डारी (२११०), भारतका रउनक मण्डल (१८२७), नेहा सिंह (२०३७), पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपाली (२०३४) शिर्षस्थानमा रहन सफल भएका छन् ।



त्यस्तै नेपालका जनार्दन श्रेष्ठ (१९९९), रुपेश जैसवाल (१९७३), विवेक थिङ (१९७०), हिमाल लामा (१९३७), प्रकाश नेपाल (१९२१), भारतका राकेश गुरुङ (१९९४), सौरभ रुप (१९४३), आसुतोस कुमार (१९०९) र अनुराग जैसवाल (१९०७) पनि समान तीन अंकका साथ शिर्षस्थानमा रहन सफल भएका हुन् ।
प्रतियोगितामा तेश्रो चरणमा बरावरी खेल्दै दुई दशमलब ५ अंक जोडेका नेपालका मदनकृष्ण कायस्थ (२१०५), पुरुषोत्तम चौलागाई (१९७२), साथै तेश्रो चरणमा जीत हात पारेका सुमन श्रेष्ठ (१७८९) र भारतका रुपेस रंजन (१८७९), अभय कुमार सिन्हा (१७६४) र सुरज गुप्ता समग्रमा दोश्रो स्थानमा रहन सफल भएको प्रतियोगिताका चिफ आर्विटर उमेश केसीले जानकारी दिए ।
प्रतियोगिताअन्तर्गत शनिवार चौथो र पाँचौं चरणका खेलहरु हुने आयोजकले जनाएको छ ।






Comments