सडकछेउको काठमा ठोक्किँदा मोसा चालकको मृत्यु



८ पौष, इलाम।
इलामको दानाबारीमा आज बिहानै भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
सडकछेउमाम राखेको काठमा मोटरसाइकल ठोक्किँदा दानाबारी ८ का २६ बर्षीय प्रकाश राईको मृत्यु भएको हो ।

दानाबारी ७ मा विहान ५ बजेतिर मे ५ प ६०२ नम्बरको मोटरसाइकल सडक छेउमा राखेको काठमा ठोक्किएपछि गम्भीर घाइते मोटरसाइकल चालक राईलाई उपचारका लागि लैजाने क्रममा बाटोमा नै उनको मृत्यु भएको प्रहरी चौकी दनाबारीले जनाएको छ ।

Comments