२५ मंसीर, विर्तामोड।
भापाका सचेत नागरिकहरुले निर्धारित समयमा नै सविधान जारी नगरे नागरिकहरुका अधिकारको संरक्षण नहुने वताएका छन् ।
समयमा नै संविधान जारी गर्न दवाब दिन उनीहरुले 'हामी नेपाली फेरी असफल हुन चाहन्नौं । संविधानका लागि खबरदारी गरौं ।' भन्ने नारालाई जनस्तरसम्म लैजाने अभियान शुरु गरैका छन् । हिजो दमक र विर्तामोडको मुक्ति चोकमा नारा सहितको ब्यानर प्रदर्शन गरेर नागरिकहरुले यो अभियानको प्रारभ्भ गरेका हुन् ।
सचेत नागरिक अभियानका अगुवाहरु मानव अधिकारकर्मी विष्णु खरेल, दिपक दास, मिरा भट्टराई, हेमा दंगाल, समिता उप्रेती, पुनम राई, पार्वता गिरीसहितको टोलीले आम नागरिकहरुलाई यस अभियानमा संलग्न हुन अनुरोध गरेका छन् । निर्धारित मितिमा संविधान जारी गर्न नागरिक दवाब श्रृजना गर्ने अभियानअन्तर्गत झापाका मुख्य सहर तथा बजारहरुमा ब्यानर प्रदशन गर्ने, कोण सभा गर्ने, हस्ताक्षर संकलन गर्ने, प्रजिअमार्फत राष्ट्रपति, सभामुख र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, दलका नेताहरुलाई समयमा नै सविधान जारी गर्न जिल्लास्थित दलका कार्यालयमा गएर ज्ञापन पत्र बुझाउने तथा काठमाण्डौ केन्द्रित अभियानहरुसमेत संचालनमा ल्याउने अभियानका अगुवा विष्णु खरेलले जानकारी दिएका छन् ।
Comments
Post a Comment