२७ मंसीर, उर्लाबारी।
अन्तराष्ट्रिय तामाङ परिषद्का अध्यक्ष महेन्द्रजंग तामाङले तामाङ समुदायको हकअधकार सूनिश्चित गर्नु सबै एक जुट हुनु पर्ने बताएका छन् ।
मोरङको उर्लाबारीमा आजबाट सुरु भएको नेपाल तामाङ घेदुङ संघ मोरङको छैठौं जिल्ला अधिवेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् । पहिचानसहितको संघीयता आजको आवश्यकता भएको उल्लेख गर्दै संघीयता बिना संविधान जारी भए मान्य नहुने उनले बताए। कसैलाई काखा कसैलाई पाखा गरेर संविधान जारी भए देश द्वन्दमा फस्न सक्ने खतरा रहेको उनले औंल्याए।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय उपाध्यक्ष सुजेन्द्र गोले, पूर्वाञ्चल क्षेत्रीय प्रमुख मोहन गोले लगायतले बोल्दै तामाङ संस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताएका छन् । सोही अवसरमा तामाङ समूदायको उत्थानमा महत्वपूर्ण भूमिका खेल्ने महेन्द्रजंग तामाङ, रमेश लामा, पृथीमान पाख्रिन, नरबहादर बमजन, धनबहादुर योन्जन, मानबहादुर मोक्तान, दानबहादुर घिसिङ, फुलमाया तामाङ र भिमादेबी तामाङलाई सम्मान गरिएको छ । जय पाख्रिनको सभापतित्वमा कार्यक्रम भएको थियो ।
भोलिसम्म सञ्चालन हुने सो अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने नेपाल तामाङ घेदुङका उर्लाबारी अध्यक्ष अमिर तामाङले जानकारी दिए।

Comments
Post a Comment