७० बोरा मल राजश्वको जिम्मा





८ पौष, काँकडभिट्टा।
अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ठूलो परिमाणको रासायनिक मल झापाको काँकरभिट्टाबाट प्रहरीले बरामद गरी राजश्व कार्यालयमा बुझाएको छ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले मेचीनगर १० बाट सो मल बरामद गरेको हो ।
२१ हजार रूपैयाँ मूल्य बराबरको ७० बोरा मल बरामद गरी आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरी सुनसरीमा बुझाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।






Comments