महिला हिंसा रोक्न कडा कानुन ल्याउन माग





१४ पौष, विर्तामोड।
अखिल नेपाल महिला संघ झापाले महिला हिंसा बिरुद्ध कडा कानुन ल्याउन माग गरेको छ । अब बन्ने संबिधानमा महिला बिरुद्ध हुने हिंसालाई कडा कानुन ल्याई कारवाहीको दायरामा ल्याउनुपर्ने संघको माग छ ।
संघको मंसीर २५ र २६ मा बिर्तामोड सम्पन्न अधिबेशनबाट निर्बाचित जिल्ला कमिटीलेले पत्रकार सम्मेलन गर्दै निर्धारित मितिमा संबिधान निर्माणका लागि दबाब दिने बताएको छ । महिलाहरुलाई सबै क्षेत्रमा ३३ प्रतिशत सहभागीता कार्यान्वयनको माग समेत गरिएको छ । सम्मेलनमा संघकी अध्यक्ष जसमाया गजमेरले निर्धारित मितिमा संबिधान निर्माण भएमात्र जनता सँगको बाचा नतोडिने बताएकी थिइन्।




संघले बिवाह दर्ता, जन्मदर्ता गराउन उत्प्रेरणा दिने अभियान सञ्चालन गर्नेसमेत निणय गरेको छ । कार्यक्रममा संघले १६ बुँदे बार्षिक कार्ययोजना समेत प्रस्तुत गरेको थियो ।
त्यसअघि भएको कार्यक्रममा संघकी केन्द्रीय सचिव मेनुका काफ्लेले जिल्ला अध्यक्ष गजमेरलाई सपथ गराएकी थिइन्। कार्यक्रममा एमाले केन्द्रीय सदस्य हिक्मत कार्की, बैकल्पीक केन्द्रीय सदस्य रबीन कोइरालाले संघलाई अभियानलाई सक्रियतापूर्वक सम्पन्न गर्न शुभकामना ब्यक्त गरको जिल्ला सदस्य लिला ढुङ्गेल दाहालले जानकारी दिइन्।
संघको अधिबेशनले ४३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको थियो ।









Comments