संसपा दमकमा हेम




२७ मंसीर, दमक।
संघीय समाजवादी पार्टी दमक नगर कमिटिको शुक्रवार सम्पन्न पहिलो नगर सम्मेलनले हेमप्रसाद पालुङवाको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षहरुमा धनजित राई, ओम माया आङदम्बे, सचिवमा मन कुमार लिम्बु र उपसचिवमा खेम राई निर्वाचित भएका छन्।। निर्वाचित कमिटीलाई निर्वाचन संयोजक, पार्टी झापा जिल्ला उपाध्यक्ष तथा क्षेत्र नं ७ का इन्चार्ज दिपेन बाला राईले सपथ ग्रहण गराएका थिए।


सम्मेलनको उद्घाटन पार्टीका सचिवालय सदस्य तथा बिदेश विभाग प्रमुख आङकाजी शेर्पाले गरेका थिए । उद्घाटन कार्यक्रममा पार्टी केन्द्रीय सदस्य विश्वदीप लिङ्देन, नित्यानन्द तजापुरिया, धनप्रसाद गुरुङ, इलाम जिल्ला उपसचिव डिल्ली चाम्लिङ, संघीय युवा संघका केन्द्रीय सदस्य जीवन सिङ्गकले बोलेका थिए।






Comments