झापामा बलात्कारका घटना बढे





१३ पौष, दमक ।
झापामा बलात्कारका घटनामा वृद्धि भएको छ । गत वर्षको भन्दा यस वर्ष बलात्कारका घटनामा बृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाले २०१४ जनवरी १ देखि डिसेम्वर २५ तारिखसम्म घरेलु हिंसाका कारण भएका घटनाको बार्षिक बिवरण सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो । यसवर्ष झापामा ३६ वटा बलात्कार र बलात्कारको प्रयासका घटना भएको उल्लेख छ ।

झापामा सो अवधिभर ५७ वटा घटना भएको इन्सेकद्वारा बिर्तामोडमा आयोजित मानव अधिकार वर्ष २०१५ पूर्व समीक्षा कार्यक्रममा जानकारी दिइएको हो । इन्सेकद्वारा प्रकाशित घटना बिवरणमा झापामा यो अवधिमा ५ जनाको हत्या भएको जनाइएको छ ।




त्यसैगरी अन्य पक्षबाट २ जना र राज्यपक्षबाट १ जना गोली लागेर घाइते भएको उल्लेख छ । यातना कुटपिटमा ३ वटा घटना भएको जनाइएको छ । त्यसैगरी बालअघिकारअन्तर्गत २ वटा हत्या, १५ वटा बलात्कार, १५ वटा बलात्कार प्रयास, ओसारपसार तथा बेचबिखनमा २ वटा, बालयौन दुर्ब्यवहार १ वटा, कुटपिट १ वटा, घटना भएको रिपोर्टले देखाएको छ ।

घरेलु हिंसाबाट दुईजनाको हत्या, चारजनाको बलात्कार, बलात्कार प्रयास एकजना, बेचबिखन तथा ओसार पसारमा एकजना, बिवाहपछि बिस्थापन एकजना, सञ्चारकर्मीमाथि आक्रमण एकजनालाई भएको इन्सेकको तथ्यांकमा उल्लेख छ ।


Comments