वीआरसी कपको हिसाव सार्वजनिक




भूपेन्द्र तिम्सिना,
८ पौष, पथरी।
मोरङको पथरीशनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमा २ साताअघि सम्पन्न क्षेत्रीयस्तरको दोस्रो वीआरसी च्यालेञ्ज कप फूटबल प्रतियोगिताको आज आय व्यय सार्वजनिक भएको छ ।
युसीएफ तथा शनिश्चरे शिविर परिवारद्वारा आयोजित प्रतियोगितामा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्दै विज्ञप्तिमार्फत सवै पक्षलाई धन्यवाद ज्ञापन गरेको छ ।
सो अवसरमा कोषाध्यक्ष परदेशी राईले प्रतियोगिताका लागि ४ लाख ७२ हजार १ सय ५१ रुपैयाँ आम्दानी र ४ लाख ४७ हजार ३ सय २६ रुपैयाँ खर्च भई २४ हजार ८ सय २५ रुपैयाँ बचत भएको जानकारी गराए। सवै सहयोगी दाताको नाम फ्लेक्समा समेत राखेर हिसाव पारदर्शी राखिएको पनि राईले उल्लेख गरे।



शिविरमा आयोजित कार्यक्रममा बोल्दै आयोजक समिति संयोजक चम्पासिंह राईले सवै पक्षको सहयोगमा शरणार्थीहरुलाई सृजनशिल पहिचान थप्न बल मिलेको बताए।
कार्यक्रममा बोल्दै कानून व्यवसायी देवेन्द्र कार्कीले शरणार्थीहरुको दर्विलो एकता र शरणार्थी दातृ निकायको भरपर्दो सहयोगले प्रतियोगिता सफल भएको उल्लेख गरे ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार, उपविजेताले ३० हजार रूपैयाँसहित कप, मेडल प्रदान गरिएको छ । प्रतियोगितामा झापाको पाथीभरा सशस्त्र प्रहरी बल लखनपुर विजयी भएको थियो ।




Comments