गजल





- एमडिएस भट्टराई
चोखो माया गर्दा पनि आखिर एक्लो पारे पछि।
मैले पनि माया मारें जब तिम्ले माया मारे पछि

सयौं जुनी सँगै हुने वाचा कसम विर्सिदिए
यो मनका सवै रहरहरु कोपिला मै झारे पछि।
मैले पनि माया मारें जब तिम्ले माया मारे पछि



फूलै फूलको संसार दिने प्रलोभन देखाएर
काँडे तारको वार लगाई त्यो मनलाई बारे पछि।
मैले पनि माया मारें जब तिम्ले माया मारे पछि

पत्थर जस्तो मुटु सँग प्रेम बारे सोध्छन् साथीहरु
तर्काउँदै कुरा मोडी त्यत्तिकै सबलाई टारे पछि।
मैले पनि माया मारें जब तिम्ले माया मारे पछि

सम्झनाका चिनोहरु फ्याँकी दियौ दोवाटोमा
तिम्रो नाथे फिस्टे मनमा अर्को कोहि चारे पछि
मैले पनि माया मारें जब तिम्ले माया मारे पछि।।


Comments