सशस्त्रद्वारा साढे चार लाखको काठ बरामद





२९ मंसीर, दमक।
सस्त्र प्रहरी सुरक्षा बेस क्याम्प शनिश्चरेले तस्करहरूले अबैध रुपमा ल्याउँदै गरेको अवैध काठ बरामद गरेको छ ।
खुदुनाबारी -२ बाट चोरी गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ३ सय क्युफिट साल जातको गोलिया बरामद गरेको हो । ४ लाख ५० हजार रूपैयाँ मुल्य बराबरको सो काठ बरामद गरी जिल्ला बन कार्यालय झापामा बुझाइएको सशस्त्र प्रहरी वल पाथिभारा गण लखनपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक बिरेन्द्र ऐरले जानकारी दिए ।
सुरक्षा बेस क्याम्प र इलाका बन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार राति काठ बरामद गरेको हो ।







Comments