फाल्गुनन्द गोल्डकपको दोस्रो खेलमा वि.आर.सी.भुटान विजयी






सन्देश सुब्बा इङ्वा
१६ पौष, पाँचथर।
पाँचथरको फिदिममा जारी छैठौं फाल्गुनन्द गोल्डकपको दोस्रो खेलमा आज उर्लाबारी फुटवल क्लव मोरङ्लाई शून्यको विरुद्ध एक गोलले पराजीत गर्दै फ्यान्स वि.आर.सि.फुटवल क्लव भूटान विजयी भएको छ ।
तीनजना विदेशी खेलाडीलाई मैदान उतारेको भूटानले दोस्रो हाफको २९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । भूटानको लागि जर्सी नम्बर ४ कपिले फ्रीकिकमार्फत गोल गरेका थिए । राष्ट्रिय टोलीका मिडफिल्डर विजय धिमालको कप्तानीमा अधिकांश ए डिभिजनका खेलाडीसहित मैदानमा उत्रिएको उर्लाबारी फुटवल क्लवले उत्कृष्ट प्रदर्शन गरे पनि गोल गर्न नसक्दा हार बेहोर्नु पर्‍यो । उर्लाबारीका जर्सी नम्बर ३ निरज बस्नेतले खेलको ६ औं मिनेटमा विपक्षी टिमका खेलाडीलाई फल्ड गरी पहेंलो कार्ड पाएका थिए भने कप्तान जर्सी नम्बर २० विजय धिमालले पनि पहिलो हाफको ३२ औं मिनेटमा वललाई हातले हिर्काउँदा पहेंलो कार्ड पाएका थिए ।




निक्कै प्रतिस्पर्धात्मक रहेको खेलमा समय सकिन केहि मिनट मात्र बाँकी हुँदा उर्लाबारीका गोलरक्षक अजित प्रजापति घाइते भई मैदानबाट बाहिरिएपछि धिरज चौधरी गोलरक्षकको रुपमा मैदान प्रवेश गरेका थिए ।
आजको खेलको म्यान अफ् द म्याच वि.आर.सी.भूटानका जर्सी नम्बर १० एलविस भए । जितसँगै भूटान प्रतियोगिताको सेमी फाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत भोलिको खेल आयोजक फिदिम स्पोर्टिङ क्लव पाँचथर र कञ्चनजंघा एफ.सी.क्लव इन्डियाबीच हुने आयोजकले जनाएको छ ।



Comments