'लिम्बुवान राज्य विनाको संबिधान अमान्य'




९ पौष, दमक।
संघीय लिम्बुवान पार्टी नेपालले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र लिम्बुवान राज्य बाहेकका बिकल्पहरुमा सम्वाद गर्न आफू तयार रहेको बताएको छ । आज बुधबार झापाको दमकमा पत्रकार सम्मेलन गर्दै पार्टीका नेताहरुले सबै समुदायको समानुपातिक प्रतिनिधित्वका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली र लिम्बुवान राज्यको नामाङ्कन प्रमुख मुद्दा रहेको बताए।
पार्टी अध्यक्ष कुमार लिङ्देनले सप्तकोशी नदी पूर्वका ९ जिल्लाहरुलाई लिम्बुवान राज्यको घोषणा नभए जारी भएको संविधान अमान्य हुने बताए । उनले ऐतिहासिक आधारमा लिम्बुवान प्रदेशको माग गरिएको स्पष्ट पारे ।




लिङ्देनले २२ दलीय मोर्चा भित्र नामाङ्कनका बिषयमा कुनै बिवाद नरहेको उल्लेख गरे।
पार्टीको ४ दिनदेखि एकिकरण पछिको यहाँ सम्पन्न पहिलो बैठकको निर्णयहरु सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले ठुला दलहरुका कारणले संघीयता धरापमा परेको भन्दै बिगतमा राज्यसँग भएको लिम्बुवान राज्य घोषणा गर्ने सहमति कार्यान्वयन गर्न मागसमेत गरेका थिए।
पार्टीका बरिष्ठ नेता सन्जुहाङ पालुड्वाले ठुला दलहरुले संघीयतालाई थाँती राखेर घोषणा गरिएको संविधान कुनै पनि हालतमा मान्य नहुने बताए। उनले अब बन्ने संविधान पहिचान पक्षधर र पहिचान बिरोधी दुबैले जलाउने बताए ।
पार्टीको पुस ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनको नयाँ खाकासमेत पारित गरेको छ ।



Comments