सन्देश सुब्बा इङ्वा
२७ मंसीर, फिदिम ।
पाँचथर लुम्फाबुङमा एक व्यक्तिले आज अपरान्ह छुरा प्रहार गरी आफ्नै छिमेकीको हत्या गरेका छन् । लुम्फाबुङ-२ का २६ वर्षिय हरि लाओतीले छिमेकी २३ वर्षिय गन्दिप लाओतीलाई उसकै घरमा गई छुरा प्रहार गरी हत्या गरेका हुन् ।
हत्यारा हरिले व्यक्तिगत रिसइबिका कारण गन्दिपको हत्या गरेको प्रहरीको भनाई छ । हत्या गरेपछि हत्यारा हरि आफै प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
Comments
Post a Comment