अमरप्रेम टु (प्रेमको हत्यारा) बजारमा आउँदै




६ पौष, उर्लाबारी।
संगीतकार निमसंगीत सिन्च्युरीको गीती एल्बम अमरप्रेमको सफलतापछि पुनः उनले अमरप्रेम टु (प्रेमको हत्यारा) नामक एल्बम बजारमा ल्याउने भएका छन् ।
यसअघिको एल्बम अमरप्रेममा समावेश जगदिश समालको स्वर रहेको 'म त मर्छु क्यारे' बोलको गीत सर्वत्र लोकप्रिय बनेको थियो । पहिलो एल्बममा समावेश रहेका गीतहरुलाई श्रोता तथा दर्शकले अत्याधिक रुचाइदिएपछि सिन्च्युरीले पुनः अर्को एल्बम बजारमा ल्याउन लागेका हुन् ।


नयाँ एल्बम अमरप्रेम टु (प्रेमको हत्यारा) को सम्पूर्ण तयारी सकिएर चाँडै नै बजारमा आउन लागेको सिन्च्युरीले बताएका छन् । यस एल्बममा उनले अघिल्लो एल्बममा समावेश रहेको म त मर्छु क्यारे बोलको गीतको फिमेल भर्सनलाई समेत समावेश गरेका छन् । अमरप्रेम टु (प्रेमको हत्यारा) एल्बममा ८ वठा गीत समावेश रहेका छन् । एल्बममा टाइटल गीतको रुपमा गीतकार तथा निर्देशक सिन्च्युरी सुरेश घमालको प्रेमको हत्यारा बोलको गीतमा प्रमोद खरेलको आवाज रहेको छ । त्यस्तै अन्य गीतहरुमा स्वरुपराज आचार्य, शिव परियार, अन्जु पन्त, रजिना रिमाल, गगन सरगम, सुजन सरगमको स्वर रहनेछ । फिमेल भर्सनलाई भने सुदारत्नले गाएकी छन् ।
यस एल्बममा समावेश मोरङ मधुमल्लाका गायक सुजन सरगमको तिम्रो घरमा पञ्चे बाजा बोलको गीतले युवाहरुको माया बटुल्न सफल भइसकेको छ । माया प्रेमका विषयमा आधारित यस एल्बम श्रोताहरुमा लोकप्रिय हुनेमा यसका संगीतकार निमसंगीत सेन्च्युरी ढुक्क रहेका छन् । उनी भन्छन्, 'यसअघि पहिलो एल्बममा समावेश गीतलाई समेत श्रोता तथा दर्शकहरुले मनपराई दिनु भएको छ, यस एल्बममा रहेका गीतहरुलाई पनि मनपराई दिनु हुनेछ भ्रन्ने आशा गरेको छु ।'
निर्देशक सेन्च्युरी सुरेश घमालका अनुसार यस एल्बममा समावेश सबै गीतको भिडियो समेत केही समयमै रिलिज गरिनेछ ।


Comments