छात्रालाई सेनेटरी प्याड उपलब्ध गराइने







९ पौष, दमक।
मासिक स्राव भएका कारण कक्षा छोड्नु पर्ने अवस्थालाई न्यूनिकरण गर्नका लागि झापाको तोपगाछी क्याम्पास्थित कमला मदन आश्रित स्मृति उच्च माविले छात्राहरुलाई सेनेटरी प्याडको व्यवस्था गरेको छ ।
मासिक स्राव भएका कारण छात्राहरुले विद्यालय गयल हुनुपर्ने अवस्था हटाउन हालैदेखि त्यस्तो व्यवस्था गरिएको हो । विद्यालयले त्यसको प्रयोगका लागि एउटा छुट्टै कोठाको समेत व्यवस्था गरेको माविका प्राचार्य हिमप्रसाद दाहालले जानकारी दिए। उनले स्थानीय संघसंस्थाहरुको सहयोगमा छात्राहरुका लागि सेनेटरी प्याड दिने व्यवस्था मिलाएको बताए। आज विद्यालयले सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी सोको जानकारी गराएको थियो ।
त्यस्तै सोही अवसरमा विद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले गत दिपावलीमा देउसीभैलो खेलेर जम्मा पारेको १३ हजार ५ सय रुपैयाँले ५० वटा स्वेटर खरिद गरेर आफ्ना सहपाठीमध्ये गरीव तथा सीमान्तकृत छात्रछात्रालाई वितरण गरेका छन्।

Comments