निल गोरु पक्रेर वन कार्यालयको जिम्मा





४ पौष, मोरङ।
मोरङको दर्वेसामा आज जंगलबाट निस्केको निल गोरुलाई प्रहरी र स्थानीयले पक्रेर वन कार्यालयमा बुझाएका छन् ।
दर्वेसा ८ मा दिउँसो तीन बजेतिर नजिकैको जंगलबाट आएको निल गोरूलाई प्रहरी र स्थानीयबासीले पक्रेर वन कार्यालयमा बुझाएका हुन् ।
गाँउमा छिरेको निलगोरूले स्थानीयबासीले लगाएको बाली खान थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सो गोरूलाई स्थानीय र प्रहरी मिलेर नियन्त्रणमा लिई वन कार्यालयमा बुझाएको हो।
उक्त गोरू कानेपोखरीको जंगलबाट बाहिर निस्केको स्थानीयले अनुमान गरेका छन्।


Comments