कृषि अभियन्तासहित १० सम्मानित





नमिन ढकाल
१६ पौष, दानावारी ।
इलामको महमाई ८ विष्णेटारमा कृषि अभियन्तासहित १० जनालाई सम्मान गरिएको छ । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था, विष्णेटार मिश्रित कृषक समुह, फुलबारी मिश्रित कृषक समुह, चेपेखोला मिश्रित कृषक समुह र प्रगती मिश्रित कृषक समुहले मंगलबार संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् । सम्मानित हुनेहरुमा महमाई क्षेत्रका कृषि अभियन्ताहरु सतासीधामका बम बहादुर निरौला, डेगनाथ गुरगाई तथा महमाईका ३ कृषि समुह र १ सहकारी समुहमा लामो समयसम्म नेतृत्व पंक्तिमा रहेका संस्थापकहरु जित बहादुर गिरी, रामप्रसाद भट्टराई, गोपीकृष्ण थापा, गोविन्दराज चौहान धर्मनारायण दाहाल, कृषि सेवा केन्द्र प्रमुख अनिल तिम्सिनालगायत रहेका छन् । सम्माति व्यक्तित्वहरुलाई फूलमाला, अविर, प्रमाणपत्र र ढाका टोपीले सम्मान गरिएको थियो ।



त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेम खड्काको सभापतित्वमा संचालन भएको कार्यक्रममा कृषि सेवा केन्द्र प्रमुख अनिल तिम्सिनाको प्रमुख आतिथ्यता, बम बहादुर निरौला र डेगनाथ गुरगाईंको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई कमल योङहाङले स्वागत र जनकदेव श्रेष्ठले संचालन गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले कृषिको लागि महमाई दक्षिणी इलामको नमुना क्षेत्रको रुपमा रहनुपर्नेमा जोड दिए । वि.सं. २०६१ साल जेठ २३ गते झापाका कृषि अभियन्ता निरौला र गुरगाईले यस क्षेत्रमा पहिलो पटक कृषि समुह गठन गराइदिएका थिए ।
फोटो - सामुहिक फोटोसेसनमा सम्मानित व्यक्तित्व र संस्थाका पदाधिकारीहरु

Comments