नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा अधिकारी





१४ पौष, दमक।
नेपाल जेसीजको सन २०१५ का लागि राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा दमकका युवा व्यवसायी प्रकाश अधिकारी निर्वाचित भएका छन् । काभ्रेको धुलिखेल जेसीजको आतिथ्यमा सोमबार सम्पन्न भएको ४१ औं राष्ट्रिय महाधिवेशनबाट दमक उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यसमेत रहेका अधिकारी राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनले ९ सय ४५ मत ल्याएर निर्वाचित भएका थिए । यसअघि उनी दमक जेसीज बर्ष २०१३ को अध्यक्ष तथा नेपाल जेसीजको बर्ष २०१४ को उपाध्यक्ष भइसकेका थिए ।
गत पुस ११, १२ र १३ गते बनेपाको धुलिखेलमा सम्पन्न भएको महाधिवेशनले राष्ट्रिय अध्यक्षमा धनञ्जय कुमार श्रेष्ठलाई निर्वाचित गरेको छ । उनका प्रतिद्वन्दी पोखराका रविन्द्र गुरुङ रहेका थिए । महाधिवेशनले राष्ट्रिय उपाध्यक्षमा इटहरी जेसीजकी भेसजा काफ्ले निर्वाचित भएकी छिन् । त्यस्तै बिराटनगरस्थित टंकीसुनुवारीकी रिता न्यौपाने, जनकपुरका मनिष रमन, हेटौंडाका अन्जनी कुमार पराजुली निर्वाचित भएको जेसीजले जनाएको छ । चार कार्यकारी उपाध्यक्ष पदका लागि ७ जनाले उम्मेद्वारी दिएका थिए ।





Comments