गौरादहमा आँखा शिविर सम्पन्न






१४ पौष, दमक।
झापाको गौरादहमा आज आँखा शिविर सम्पन्न भएको छ । नेपाल तरुण दल क्षेत्रीय समिति क्षेत्र नम्बर ६ को आयोजनामा भएको शिविरमा चार सय बढी नयाँ, पूराना खालका आँखा रोगीहरुले आँखा परीक्षण गराएका थिए । स्थानीय झापा उद्योग वाणिज्य संघको कार्यालयमा भएको सो शिविरमा विर्तामोडस्थित मेची आँखा अस्पतालको प्राविधिक सहयोग रहेको तरुण दलका क्षेत्रीय सभापति जीवन राईले जानकारी दिए।


शिविरमा अस्पतालका मेमलाल राजवंशीको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले प्राविधिक सहयोग पुर्‍याएका थिए। शिविरमा निःशुल्क औषधी वितरण गर्नुका साथै मोतिया विन्दुका आँखा रोगीहरुको शल्यक्रियासमेत गरिने सभापति राईले बताए।
शिविरबाट गौरादहसहित बैगुन्धुरा, महारानीझोडा, जुरोपानी, गौरीगञ्जका विरामीहरु लाभान्वित भएका थिए ।
शिविरको उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेस झापाका कार्यवाहक सभापति देउमान थेवे, तरुण दलका जिल्ला सभापति गोपाल तामाङ लगायतकाले सामाजिक कार्यमा तरुणहरुको योगदान आवश्यक रहेकोमा जोड दिएका थिए।

फोटो क्याप्सन - शिविरमा आँखा जँचाउन आएका आँखाका विरामीहरू। (फोटो - विष्णु सुब्बा)


Comments