जन्मदिनमा विद्यालयलाई गेट उपहार





रामकुमार परियार,
८ पौष, यु.ए.ई.।
दुई वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका मोरङ केचनाका एक युवाले आफ्नो जन्म दिनको अवसरमा आफुले अध्ययन गरेको विद्यालयलाई गेट उपहार दिएका छन्।
हाल अमेरिकामा बस्दै आएका केचनाका सन्तोषखरेलले आफ्नो २९ औं जन्म दिनको अवसरमा आज अमरदह - ५ स्थित श्री मङ्गलसिंह माध्यमिक विद्यालयलाई करिब ६० हजार नेपाली रुपैयाँ बराबरको गृल गेट हस्तान्तरण गरेका हुन् । उनी हाल अमेरिकामै रहेकाले आफ्ना अभिभावकमार्फत गेट हस्तान्तरण गरेका हुन्। विद्यालयमा स्रोत अभावका कारण गेट लगाउन नसक्दा मैदान गौचरनमा परिणत भएको थियो ।
यता खरेलले पनि आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा ज्यादै खुसी लागेको बताए । यसबाट अन्य युवा पुस्ताले समेत पाठ सिक्नु पर्ने हस्तान्तरण कार्यक्रममा उपस्थित अभिभावकहरुले बताएका छन् ।



Comments