फागुनवाट लखनपुरमा सरसफाई परिचयपत्र




१४ पौष, लखनपुर।
झापाको लखनपुर गाबिसले वडा नम्बर ७, ८ र ९ लाई आउँदो फागुनबाट परिचय पत्र लागु गर्ने भएको छ । गाविसलाई सन् २०१६ भित्र गाबिसलाई खुल्ला दिसा मुक्त गाबिस बनाउने अभियानअन्तर्गत पहिलो चरणमा तीन वडाहरुलाई फागुनवाट सरसफाई परिचयपत्र लागु गर्ने भएको हो । आज गाबिसको योजना तर्जुमासम्बन्धी आयोजना गरिएको सरोकारवालाहरु सँगको बैठकमा गाविसले सो जानकारी दिएको हो ।




बिभिन्न चरणमा गाबिसका वडाहरुलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दै एक बर्षभित्र गाबिसलाई खुल्ला दिसामुक्त बनाउने गाबिसका सचिव राजकुमार शाक्यले जानकारी दिए । ती वडाका बासिन्दाहरुले गाबिसका सेवा लिनका लागि अनिवार्य रुपमा सरसफाई परिचय पत्र देखाउनु पर्ने व्यवस्था समेत गरिएको छ । त्यस्तै दोस्रो चरणमा २, ३, ४ र ५ मा परिचय पत्र बितरण गरिने सचिव शाक्यले जनाए ।

बैठकमा वडा नागरिक मञ्चका प्रतिनिधि तथा बिभिन्न राजनितिक दलका प्रतिनिधी,सामाजिक संघसंस्था लगायतका सहभागीता रहेको थियो । सो क्रममा गाबिसका सचिव शाक्यले योजनाहरुका बारेमा जानकारी गराएका थिए ।
गाबिसले आउँदो आर्थिक बर्ष २०७२/७३ मा १ करोड ९ लाख ७४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताका रुपमा बितरण गर्ने लक्ष्य राखेको छ ।



Comments