नेकपा मालेले बुझायो सभाध्यक्षलाई ज्ञापनपत्र




११ पौष, चन्द्रगढी ।
नेकपा मालेले संविधान निर्माणका लागि बिहिबार झापाका प्रमुख जिल्ला अधिकारीमार्फत संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङ्ग समक्ष ज्ञापन पत्र बुझाएको छ ।
२०७१ कार्तिक १३ गतेदेखि नेपाल जागरण अभियान शुरु गरी जातिय, क्षेत्रीय प्रश्नलाई अव बन्ने संविधानबाट सम्बोधन गर्नुपर्ने माग गर्दै आएको नेकपा मालेले पार्टीको देशव्यापी कार्यक्रमअन्तर्गत झापामा पनि ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा हिमाल, पहाड, तराईसहितको उत्तरदक्षिण हुनेगरी ३ देखि ६ वटासम्म प्रदेश निर्माण गरी आउँदो माघ ८ गते भित्र संबिधान जारी गरिनुपर्ने माग गरिएको छ ।



संविधानसभाको निर्वाचनदेखि नै मुलुक सुहाउँदो संघीय प्रदेश निर्माणका लागि आवाज उठाउँदै आएको नेकपा मालेले मुलुक सुहाउँदो संघीय प्रदेशका रुपमा हिमाल, पहाड र तराई सहितको उत्तरदक्षिण फैलिएको प्रदेश निर्माण गर्नुपर्ने माग गर्दै आएको छ । जातिय क्षेत्रीय प्रश्नलाई संविधानबाट सम्बोधन गर्दै सम्बृद्धि निर्माण तथा राष्ट्रिय सुरक्षाको निम्ती समावेशी प्रदेशहरु गठन गरौं भन्ने उद्घोषका साथ हस्ताक्षर संकलन अभियान सञ्चालन गर्दै आएको छ ।

ठूला दलहरुले संविधानसभाको निर्वाचनपश्चात एक वर्षभित्र नयाँ संबिधान दिन्छौ भने पनि प्रतिवद्धता अनुसार संबिधान नबनाउने संकेत देखाएकोले नेकपा मालेले देशव्यापी जागरण आन्दोलन गर्दै संकलित हस्ताक्षहरु प्रमुख जिल्ला अधिकारी मार्फ संविधानसभाका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङ्गलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा हिमाल, पहाड, तर्राईसहितको उत्तरदक्षिण हुनेगरी ३ देखि ६ वटासम्म हुनेगरी समावेशी प्रदेश निर्माण गरियोस् भनी प्रस्ताव साथ दवावमूलक कार्यक्रमको अन्तिम चरणमा यहि आउँदो माघ ८ गतेभित्र संबिधान जारी गरिनुपर्ने माग गरिएको छ ।

नेकपा मालेका केन्द्रीय सदस्य तथा मेचीकोशी व्युरो प्रमुख प्रेमप्रसाद दाहालको नेतृत्वमा गएको टोलीले झापाका प्रमुख जिल्ला अधिकारीमार्फथ सभाध्यक्ष नेम्बाङ्गलाई ज्ञापन पत्र बुझाएको हो । टोलीमा मालेका केन्द्रीय सदस्य नीलमणि बराल, झापा जिल्ला कमिटि सचिव नवराज खरेल, जिल्ला कमिटिका सदस्य, गाउँ तथा नगर कमिटिका सदस्यहरुको उपस्थिति रहको थियो ।





Comments