विर्तामोडमा पवित्र अभियान




९ पौष, बिर्तामोड।
झापाको बिर्तामोडमा भएको युवाहरुको एक भेलाले सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यका साथ शनि अर्जुन नगरपालिका - ९ निवासी लवकुश गौतमको अध्यक्षतामा पवित्र अभियान झापा गठन गरेको छ ।
बिभिन्न कारणले समाजमा असहाय बनेका बालबालिकादेखि जेष्ठ नागरिकसम्मलाई सहयोग गर्ने उद्देश्यले गौतमको अध्यक्षतामा पवित्र अभियान झापा गठन भएको हो । गठित समितिको उपाध्यक्षमा प्रदिप मित्तल अग्रवाल, सचिव सुरेश खतिवडा, सह सचिव रोहत भट्टराई, कोषाध्यक्षमा सुमित अग्रवाल र सदस्यहरुमा रोहित अग्रवाल तथा कर्म गोङ्देन रहेका छन् ।




आश्रममा रहेका जेष्ठ नागरिक, वालवालिका तथा विभिन्न कारणले समाजमा उपेक्षित मानिसलाई संस्थाले सहयोग गर्ने अध्यक्ष गौतमको भनाई छ । आफूले कमाएको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गरौं भन्ने मान्यतालाई स्थापित गर्दै संस्था स्थापना गरैसँगै प्रत्येक सदस्यबाट ११ हजार एकसय ११ रुपैयाँका दरले ७७ हजार ७ सय ७७ र काठमाडौं स्थित फेसन ड्रेन्ज वेयरका कार्यकारी निर्देसक तथा साफ नेपालका भाइस प्रेसिडेन्ट कृष्ण चौधरीले नगद ५१ हजार रूपैयाँ सहयोग प्रदान गरेसँगै पवित्र अभियान झापाको कोषसमेत खडा गरिएको छ ।





Comments