आगामी माघमा दमकमा फूड फेस्टिभल





१५ पौष, दमक।
झापाको दमकमा आगामी माघमा फूड फेस्टिभल हुने भएको छ ।
होटल व्यवसायी संघ क्षेत्रीय समिति दमकले माघ २३ देखि २६ गतेसम्म फूड फेष्टिभल गर्न लागेको हो । फेस्टिभलमा स्थानीय परिकारसँगै बिभिन्न स्टलहरु रहने संघका कार्यवहाक अध्यक्ष राजन दंगालले जानकारी दिए।

मेलामा ७० वटा स्टल रहने जानकारी दिइएको छ । मेलामा धिमाल सन्थाल, लगायतका जातिहरुको खानाका परिकारहरु राखिने छन् ।
दैनिक सांस्कृतिक कार्यक्रमसहित मेला गर्न लागिएको संघले जनाएको छ ।




Comments