भीडमा कखरा





१५ पौष, वेलडाँगी।
केही सयम अघिदेखि दमक क्षेत्रमा रहेका विद्यालयमा प्रदर्शन गरिँदैआएको शिक्षा सम्बन्धी डकुमेन्ट्री कखरा मंगलबार ठूलो भीडका साथ पाथिभरा हलमा प्रदर्शन गरिएको छ ।
चुलाचुली र सनराइज वोर्डिङ्ग स्कूललाई लक्षित गरी डकुमेन्ट्री प्रदर्शन गरिएको हो । विद्यार्थी, शिक्षक र अभिभावकको वाक्लो उपस्थितिका कारण सीटको अभावमा केही दर्शकहरु फर्कन वाध्य भएको फिल्मका निर्माता विनोद लामाले जानकारी दिए।
करिव ८ सय विद्यार्थीले कखरा हेरेर राम्रो र शिक्षाबर्द्धक भएको टिप्पणी गरेका छन् । डकुमेन्ट्री हेरेर विद्यालयका प्रिन्सिपल चन्द्रप्रकाश राईले आफूले लामो समय पछि हलमा फिल्म हेरेको र फिल्मले दर्शकलाई रुवाएर भए पनि सकरात्मक सन्देश दिएको बताए ।



विद्यालयमा भएको शैक्षिक अवस्था, अभिभावक, शिक्षक र राज्यको दायित्वबारे सकरात्मक सन्देश दिएको कखराले शिक्षामा सकरात्मक प्रभाव पार्ने एमनेष्टी इन्टरनेशलन नेपालका केन्द्रीय सदस्य तथा अधिकारकर्मी शेषकुमार निरौलाले बताए।
दण्डहीन शिक्षाका लागि सकरात्मक सहभागिताका भन्ने अभियानका लागि कखरा डकुमेन्ट्रीलाई देशभरका करिव ३४ हजार हाराहारीका विद्यालयमा रहेका ६४ लाख जति विद्यार्थीमा प्रदर्शन गर्ने कार्याक्रम रहेको निर्देशक तथा संचारकर्मी डिकेश लामाले बताए।






Comments