कखराको विद्यालय अभियान जारी




१३ पौष, वेलडाँगी।
शिक्षामा दण्ड हुनु हुँदैन भन्ने सन्देश वोकेको डकुमेन्ट्री कखरा दमकका विद्यालयहरूमा प्रदर्शन गर्ने क्रम जारी रहेको छ।
शुक्रबार र आइतबार मात्र दमकको हिमालय उच्च माध्यामिक विद्यालयमा प्रदर्शन गरियो ।
करिव १ हजार विद्यार्थीले कखरा हेरेर राम्रो र शिक्षाबर्द्धक भएको टिप्पणी गरेको फिल्मका निर्माता विनोद लामाले बताए । २ साताबाट दमकको उत्तरी क्षेत्रका विद्यालयहरुबाट प्रदर्शन थालिएको कखरा १ दर्जन विद्यालयमा प्रदर्शन भइसकेको बताइएको छ ।



डकुमेन्ट्री हेरेर विद्यालयका प्राचार्य विष्णुकान्त झाले आफूहरुले सँधै दण्डहीन शिक्षालाई प्रश्रय दिँदै आएको र यस्तो शिक्षाका लागि कखरा सवैले हेर्नु पर्ने सन्देशमुलक भएको टिप्पणी गरे । विद्यालयका सहायक प्राचार्य ओमप्रसाद आचार्य अभिभावक, विद्यार्थी र शिक्षकले यो डकुमेन्ट्री हेरेर धेरै शिक्षा लिने बताए ।
मंगलबार चुलाचुली र सनराइज बोर्डिङ्गका विद्यार्थी र अभिभावकलाई लक्षित गरी पाथिभरा चलचित्र मन्दिरमा कखरा विहान ८ बजेको सो प्रदर्शनका तयारी भएको निर्माण टीमले जानकारी दिएको छ । दण्डहीन शिक्षाका लागि सकरात्मक सहभागिताका भन्ने अभियानका लागि कखरा डकुमेन्ट्रीलाई देश भरका करिव ३४ हजार हाराहारीका विद्यालयमा प्रदर्शन गर्ने कार्यक्रम रहेको निर्देशक तथा संचारकर्मी डिकेश लामाले जानकारी दिए ।




Comments