मनकामना र गोमेन्द्रमा अखिल





८ पौष, बिर्तामोड।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले बिर्तामोडको मनकामना कलेज र गोमेन्द्र कलेजमा क्याम्पस कमिटि गठन गरिएको छ ।
दुबै कलेजमा जिल्ला कमिटी उपाध्यक्ष हेडम्वरराज निरौलाको प्रमुख आतिथ्यता र सचिब अनुज रेग्मीको आतिथ्यतामा आज भएको विद्यार्थीहरुको भेलाले उक्त कमिटि गठन गरेको हो ।
मनकामना कलेजमा अनिता भेट्वाल अध्यक्ष रहेको १५ सदस्य कमिटि गठन गरिएको हो ।

उपाध्यक्षमा अजित गजमेर, सचिबमा सुनिरा मैनाली, सह-सचिवमा पुजन विश्वकर्मा र कोषाध्यक्षमा पुकार बराल भएका छन् ।
त्यस्तै गोमेन्द्र क्याम्पसमा समिर पाठक अध्यक्ष रहेको १७ सदस्य कमिटी गठन गरिएको छ । उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिवमा लक्ष्मण खनाल, सह सचिबमा रोश्ना कार्की र कोषाध्यक्षमा टिका पोखरेल चयन भएका छन् ।



Comments