२ पौष, दमक।
झापाको दमकबाट निर्माण गरिएको नेपाली कथानक चलचित्र 'पिरती यस्तै हुन्छ'को निर्माण कार्य पूरा भएको छ । निर्माता जीवन बेघाले 'पिरती यस्तै हुन्छ'को निर्माण पूरा भएको र चाडै यासलाई दर्शकसामु प्रदर्शन गरिने जानकारी दिए ।
नुमा पिक्चर्स प्रालिको दोश्रो सौगातका रुपमा सो चलचित्र माघको पहिलो सातादेखि प्रदर्शन हुने निर्माता बेघाले बताए । उनले भने, 'हामीले माघको पहिलो सातामै यस चलचित्र दर्शकबीचमा लैजाँदै छौ ।' बेघाले यस चलचित्रले बजार पाउने दावीसमेत गरेका छन् ।
करिव ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो चलचित्रमा किरात धर्मका गुरु आत्मानन्द लिङदेनका सुपुत्री कमलाको मुख्य भूमिका रहेको छ । त्यस्तै, चर्चित हास्यकलाकार विल्सन विक्रम राई तक्मे बुढा), नायिका अप्सरा शेर्मा, बविता फोम्बो, निमा तामाङ, सुन्दर नेम्बाङ, उत्तम अर्याल(कोदे), धनबहादुर लाओती, धिरेन लाओती, उर्वशी लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मायाप्रेम, संस्कृतिप्रेमी तथा सन्देसमूलक कथाबस्तु रहेको सो चलचित्रका प्रस्तुतकर्ता मनकुमारी पन्दाक (बेघा)ले जनाइन् । सुजन लामाको गीत, लेखन र निर्देशन रहेको सो चलचित्रमा संगीत कुल्वा सुब्बा/वाङच्यू फयूवा, द्वन्द राजु किरात, नृत्य दिनेश माङमु र छायाङ्कन सूर्य महर्जनले गरेका छन् ।
यसअघि निर्माता बेघाले लिम्बु भाषा, संस्कृतिमा आधारित 'पेली' बजारमा ल्याएका थिए ।

Comments
Post a Comment